-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
Copy pathHem_Badda_Nikai_chhau
48 lines (36 loc) · 6.42 KB
/
Hem_Badda_Nikai_chhau
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
21
22
23
24
25
26
27
28
29
30
31
32
33
34
35
36
37
38
39
40
41
42
43
44
45
46
47
48
हेम बड्डा! निकै छौ?
कहिले “तिमी” भन्ने त कहिले “हजुर” भन्ने सधैं हँसिलो देखिने चस्मा लगाउने, चस्मा आँखामा नलगाउँदा टाउकोमा लगाउँने,
होचा कदका सुदुरपस्चिम बैतडीका भट्टदाई मेरो जीवनमा ट्रिनिटी कलेज पढाउँदा ठोक्किएका हुन। मलाई सार्है माया गर्ने र
अरुलाई पनि माया गर्ने भट्ट बाहुनले सबैलाई सहयोग गर्थे। सोझा र सरल स्वाभावका, सबैसँग मिल्ने उनी विद्यार्थीका माझ
पनि लोकप्रिय थिए।
डिल्लिबजारमा डेरा लिएर बस्ने उनी बिहानै देखी कलेज पढाउँथे। चितवन ससुराली भएका उनी श्रीमती र छोरी सँग बस्थे।
छोरी सार्है राम्री थि , नाम पनि – “साक्षी।”
ध्यानको प्रथम चरण “साक्षी” भावको जन्म दिनु हुन्छ। आफु मात्र एक द्रस्टा बनेर सबै घटना अनुभव गर्ने।
मान्छेहरु कसम खान्छन – ” भगवानलाई साक्षी राखेर म आज देखी तिमीलाई श्रीमती स्विकार गर्छु। यिनै यिनै यस्तै यस्तै।
तर दाइले छोरीको नाम किन साक्षी राखे? त्यो उनै जानुन।
करिब १ बर्ष सँगै पढाएपछी उनी पि एच डि को लागि अमेरिका हुइकिएँ। उनले ट्रिनिटी पढाउन छोडेपछी
मलाई केही समय एक्लो महसुस भयो। राम्रो सल्लाह दिने, सहयोग गर्ने, मिहेनती थिए हेम दाई। विद्यार्थीले मन पराउँथे।
आफ्नै छोरा- छोरीलाई जस्तै माया गर्थे।
उनले धेरै विद्यार्थीको प्राक्टिकल फाइल साइन गर्थे। उनी अमेरिका आएपछी मैले साइन गर्न थालें।
पछी बि डि सर ले धेरै साइन गर्नुहुन्छ भन्ने हल्ला चल्यो।
मनिसहरु कुरा गर्थे- ” न्याय नपाए गोर्खा जानु, प्राक्टिकल साइन नभए बि डि सरकोमा जानु।”
कलेजमा शिक्षकहरुको नामको अगाडिको अक्षरको मात्र प्रयोग गरेर सर्टफर्म बोलाइन्थ्यो।
म बि डि थिएँ उनी यच डि बि – याने हेम दत्त भट्ट।
हेमदाइ बाट मैले धेरै कुरा सिकें। उनी जहिले नि हाँसेर प्रस्तुत हुन्थे। डल्ले मान्छे टुइँ – टुइँ हिड्थे।
पछी मेरो पनि अमेरिका यात्रा तय भयो। एक बर्षपछी म भर्जीनिया आएँ।
उनी मिसिसिपीबाट न्युक्लियर फिजिक्समा खोज गर्न भर्जिनिया आए।
त्यसपछी हाम्रो फेरी भेट भयो। अमेरिका आएर राम्रो छोरो जन्माए – “बिधान”
सानो परिवार, उज्याली श्रीमती अनी छोरा-छोरी। दाई खुशी छन।
हुन त हामी सानो-सानो कुरा बिर्सन्छौँ जहाँँ खुशी लुकेका हुन्छन।
जेफर्सन ल्याबको नजिकै किङ्सटाउन अपार्टमेन्टमा बस्छन उनी। भेट भइरहन्छ।
कहिले “के छ भाई ?” भन्छन त कहिले ” के छ सर ?”
मलाई आफ्नो लाग्ने मान्छेले दाई भाई भनेको राम्रो लाग्छ।
म उनलाई दाई भन्छु। उनिसँग भेट्दा मलाई खुशी लाग्छ। उनलाई सबै मन पराउँछन।
के छ कसो छ? भनेर सोध्छन। बेला-बेलामा फोन गर्छन।
म पनि उनलाई सोध्छु – हेम बड्डा ! के छ खबर? निकै छौ?
राम्रो मान्छे जसको लागि पनि राम्रो हुन्छन।
अझ भनौं, राम्रा मान्छे उखु जस्तै हुन्छन – काटे पनि, सुकाए पनि, थिचे पनि, निचोरे पनि गुलियो।
हेम बड्डा उखुजस्तै गुलियो अनी चिनिजस्तै घुलनसार (मिलनसार) छन।
मान्छेको आफ्नो आफ्नो भाग्य छ, बिधिको बिधान। हेमको “बिधान” उनिसङगै छ हाँस्दै खेल्दै।
जय होस।
०८। ०२। २०१८ आर्क बिल्डिङ,सातौ तल्ला,जेफर्सन ल्याब।